Kathmandu Press

पहिरोले घर बगाउँदा १८ महिने बालकसहित तीनको मृत्यु

धादिङ, साउन ६ : पहिरोले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ मा घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

गएराति आएको पहिरोले घ....

पहिरोले घर बगाउँदा १८ महिने बालकसहित तीनको मृत्यु
रासस

धादिङ, साउन ६ : पहिरोले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ मा घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

गएराति आएको पहिरोले घर बगाउँदा २२ वर्षीय मिलन खाँण, उनकी पत्नी २० वर्षीया सम्झना र १८ महिने बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीहरु घरसँगै पहिरोमा पुरिएका थिए। राति नै स्थानीय वासिन्दा उद्धारका लागि गएका थिए। तर, उद्धार गर्न जाँदासम्म मृत्यु भइसकेको स्थानीय हरि विकले बताए।

पहिरोले एउटा घर बगाएको छ भने अन्य पाँच घर जोखिममा परेका छन्। जोखिममा परेकालाई राति नै सुरक्षित स्थानमा सारिएको छ।

वर्षा जारी रहेको छ। जसले गर्दा सुरक्षाकर्मी पनि घटनास्थल पुग्न सकेका छैनन्।

प्रकाशित मिति: ०९:५५ बजे, मंगलबार, साउन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्