Kathmandu Press

कोरोना भाइरसको खोप : अक्सफोर्ड विश्वविद्यालयको ठूलो सफलता 

काठमाडौं, साउन ७ : ब्रिटेनस्थित अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको कोरोनाभाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय त....

कोरोना भाइरसको खोप : अक्सफोर्ड विश्वविद्यालयको ठूलो सफलता 

काठमाडौं, साउन ७ : ब्रिटेनस्थित अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको कोरोनाभाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ । 

एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरूको शरीरले कोरोनाभाइरसविरुद्ध लड्न सक्ने एन्टीबडी र टि-सेलहरू बनाउन सकेको थियो । 

यी परिणामहरू एकदमै सकारात्मक छन् तर कोरोनाभाइरसको सङ्क्रमणविरुद्ध सुरक्षा प्रदान गर्न यो पर्याप्त छ कि छैन भनेर थाहा पाउन समय लाग्ने छ । 

यूकेले उक्त खोपको १० करोड मात्रा पहिले नै हासिल गर्न माग गरिसकेको छ।

उक्त खोपको नाम ChAdOx1 nCoV-19 राखिएको छ। त्यसलाई अभूतपूर्व गतिमा विकास गरिएको हो। 

यो खोप चिम्पान्जीहरूमा रूघाखोकी लाग्नमा जिम्मेवार एक भाइरसलाई आनुवंशिक सुधार गरेर तयार गरिएको हो। उक्त भाइरसलाई यसरी सुधार गरिएको छ कि यस्ले मानिसमा सङ्क्रमण फैलाउन सक्दैन र यसलाई कोरोनाभाइरस जस्तै प्रकृतिको देखिने गरी बनाइएको छ।

यो खोप सुरक्षित रहेको र यसमा केही 'साइड इफेक्ट' नरहेको अनुसन्धानकर्ताहरुले जनाएका छन् । तर परीक्षणमा सहभागी ७० प्रतिशत मानिसमा ज्वरो र टाउको दुख्ने लक्षण देखिएका थिए। त्यसलाई प्यारासिटामोल खाएर नै ठीक गर्न सकिने अनुसन्धानकर्ताहरूले बताएका छन्। (बीबीसी) 

प्रकाशित मिति: ०८:०० बजे, मंगलबार, साउन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्