वाढी, पहिरोले मुलुकभरको जनजीवन प्रभावित, सोमबार मात्र ७ जनाको मृत्यु
काठमाडौं, साउन ६ : आइतबारदेखिको अविरल वर्षाले मुलुकभरको जनजीवन प्रभावित भएको छ । मुलुकभर सोमबार बाढीपहिरो र डुबानका घटनामा मात्रै ७ जनाको मृत्यु भएको ....

काठमाडौं, साउन ६ : आइतबारदेखिको अविरल वर्षाले मुलुकभरको जनजीवन प्रभावित भएको छ । मुलुकभर सोमबार बाढीपहिरो र डुबानका घटनामा मात्रै ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौँ, दार्चुला, धादिङ, तनहुँ र गोर्खामा मात्रै ७ जनाको मृत्यु भएको हो ।
तीन दर्जनभन्दा बढी परिवार विस्थापित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरणले बताएको छ । ठाउँठाउँमा पहिरो खस्दा मुलुकका विभिन्न जिल्लामा सडक यातायात ठप्प भएका छन् । साना ठूला गरी दर्जनौँ स्थानमा खसेको पहिरो पन्साउन नसक्दा काठमाडौँ उपत्यकासँग जोडिने मुख्य सडक पृथ्वी राजमार्ग सोमबारदेखि अवरूद्ध भएको छ ।
शुक्रबारसम्म कन्काई, कोशी, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र तीनका सहायक नदी सहित चुरे र कतिपय तराई भएर बग्ने नदीमा उल्लेख्य रूपमा बहाव बढ्ने भन्दै सर्तकर्ता अपनाईएको छ । उता, चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरी फुट्न सक्ने खतरा बढेको भन्दै प्रशासनले भोटेकोशीमा बाढीको जोखिम बढेको भन्दै सचेत गराएको छ ।
बिहिबारसम्म पानी पर्ने
जल तथा मौसम विज्ञान विभागले नेपालमा विहीबारसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा अहिले पनि वर्षा भइरहेको छ ।
अब ९ साउनपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने विभागको भनाई छ । आज पनि देशका विभिन्न भागमा मध्यमदेखि भारी बर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।




-1792226847.jpeg)





-1792226847.jpeg)
