देशभरका नदीमा पानीको बहाब उच्च, कोशी व्यारेजका ४६ वटा ढोका खोलिए
काठमाडौं, साउन ६ : अविरल बर्षासँगै सप्तकोशी नदीमा पानीको बहाब बढेको छ । मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९....

काठमाडौं, साउन ६ : अविरल बर्षासँगै सप्तकोशी नदीमा पानीको बहाब बढेको छ । मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । यो वर्षकै उच्च मापन हो ।
कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्छ । बहाव उच्च भएपछि ५६ मध्ये ४६ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ ।
त्यसैले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा बुधबार विहानसम्म उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान सूचित गरेको छ । स्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना प्रवाह गरेको छ ।
यस्तै, पूर्वी राप्ती जलाधारको रजैया बाढी मापन केन्द्रमा जलसतह सतर्कता आसपास पुगेको र बढ्दो रहेकाले तल्लो तटीय क्षेत्र र चितवनको सौराह आसपास रहनुहुनेहरू दिउँँसो सम्म सतर्क रहन सुल्झाएको छ ।




-1792226847.jpeg)





-1792226847.jpeg)
