Kathmandu Press

मलेसियाबाट एकै दिन १६ नेपालीकाे शव ल्याइयो

काठमाडौं, साउन ५ : मलेसियाबाट आज एकैदिन १६ शव नेपाल ल्याइएको छ। विभिन्न मुलुकबाट भइरहेको नेपालीको उद्धार उडानका क्रममा आज धेरै संख्यामा नेपालीको शव ल्....

मलेसियाबाट एकै दिन १६ नेपालीकाे शव ल्याइयो

काठमाडौं, साउन ५ : मलेसियाबाट आज एकैदिन १६ शव नेपाल ल्याइएको छ। विभिन्न मुलुकबाट भइरहेको नेपालीको उद्धार उडानका क्रममा आज धेरै संख्यामा नेपालीको शव ल्याइएको हो।

आज क्वालालम्पुरबाट भएका दुई चार्टर्ड उडानमा क्रमशः १५ र एक गरी १६ शव नेपाल आएका हुन्। नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५ र हिमालय एयरलाइन्सले पनि क्वालालम्पुरबाटै एक शव ल्याएको विमानस्थल कार्यालयले जनाएको छ। पछिल्लो पटक साउन ३ गते चार र साउन ४ गते चार शव नेपाल ल्याइएको थियो। यसअघि विदेशमा अलपत्र नेपालीको उद्धार उडान शुरु गरेको पहिलो साता एकैदिन २५ शव नेपाल ल्याइएको थियो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १२ अन्तर्राष्ट्रिय उडान भएका छन्। यी उडानमार्फत ५५८ नेपाली स्वदेश फर्किएका छन्। नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट २५७ यात्रु तथा १५ शव ल्याएको छ भने हिमालय एयरलाइन्सले मलेसियाबाटै दुई उडानमार्फत क्रमशः १५३ यात्रु र एक शव तथा १४८ यात्रु काठमाडौं ल्याएको छ।

दोहा, रियाद र दमामबाट थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज त्यसतर्फ प्रस्थान गरेका विमानस्थले जनाएको छ। मंगलबार पनि यी दुवै एयरलाइन्सका विभिन्न गन्तव्यमा आठ उडान हुने विमानस्थलको तालिका छ।

प्रकाशित मिति: १९:१३ बजे, सोमबार, साउन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्