Kathmandu Press

तनहुँको भानु नगरपालिकामा पहिरो, दुई महिला बेपत्ता

दमौली, साउन ५ : तनहुँको भानु नगरपालिका–९ पुर्कोटमा पहिराले पुरिएर आज दुई महिला बेपत्ता भएका छन्। स्थानीय महेन्द्र धौरादीको घर पहिरोले भत्किँदा द....

तनहुँको भानु नगरपालिकामा पहिरो, दुई महिला बेपत्ता

दमौली, साउन ५ : तनहुँको भानु नगरपालिका–९ पुर्कोटमा पहिराले पुरिएर आज दुई महिला बेपत्ता भएका छन्। स्थानीय महेन्द्र धौरादीको घर पहिरोले भत्किँदा दुई महिला बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

उद्धारका लागि पुर्कोटबाट प्रहरी टोली घटनास्थल जाँदै गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल जाँदै गरेको उनले बताए।

प्रकाशित मिति: १९:०१ बजे, सोमबार, साउन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्