Kathmandu Press

कोरोना संक्रमितको उपचार गर्दै आएका स्याङ्जाका एक डाक्टरमा संक्रमण पुष्टि 

काठमाडौं, साउन ५ : स्याङ्जाको गल्याङ नगर अस्पतालमा कोरोना संक्रमितको उपचार गर्दै आएका एक डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ।

क्षयरोग उपचा....

कोरोना संक्रमितको उपचार गर्दै आएका स्याङ्जाका एक डाक्टरमा संक्रमण पुष्टि 

काठमाडौं, साउन ५ : स्याङ्जाको गल्याङ नगर अस्पतालमा कोरोना संक्रमितको उपचार गर्दै आएका एक डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ३२ वर्षीय डाक्टरमा संक्रमण पुष्टि भएको हो। डाक्टरमा कोरोना संक्रमण पुष्टि भएपछि गल्याङ नगर अस्पतालको सम्पूर्ण सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ।

अस्पतालका अनुसार संक्रमित डाक्टरले शनिबारसम्म अस्पतालमा आएका बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए। कोरोना पुष्टि भएपछि उनलाई आइसोलेसन कक्षमा राखिएको छ। 

स्याङ्जाको विभिन्न आइसोलेसन कक्षमा अहिले १३ जना कोरोना संक्रमित उपचाररत छन्। 

प्रकाशित मिति: १८:२२ बजे, सोमबार, साउन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्