Kathmandu Press

हनुमन्ते खोलामा बाढी आउँदा भक्तपुर डुवानमा

काठमाडौं, असार ५ : हनुमन्ते खोलामा बाढी आउँदा भक्तपुर क्षेत्र डुबानमा परेको छ।

अविरल वर्षाका कारण आएको बाढीले बराही क्षेत्रका करिब तीन ....

हनुमन्ते खोलामा बाढी आउँदा भक्तपुर डुवानमा

काठमाडौं, असार ५ : हनुमन्ते खोलामा बाढी आउँदा भक्तपुर क्षेत्र डुबानमा परेको छ।

अविरल वर्षाका कारण आएको बाढीले बराही क्षेत्रका करिब तीन दर्जन घर डुबानमा परेको हो। बाढीले राममन्दिर बाराहीस्थानदेखि सल्लाघारी क्षेत्रमा रहेको करिब नौ सय रोपनी धानबालीसमेत डुबानमा पारेको छ। 

बस्तीमा बाढी पस्दा पानीको सतह जमिन भन्दा करिब चार फिट माथिसम्म आएको छ। 

हनुमन्तेमा आएको बाढीले बाराही पुल थुनिएपछि खेत र बस्तीमा बाढी छिरेको हो। बाढीले वडा नम्बर १, ३ र ४ क्षेत्रमा बढी असार पुर्याएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १८:१० बजे, सोमबार, साउन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्