मौवा खोलामा आएको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं, साउन ५ : आइतबार रातिदेखि परेको अबिरल वर्षाले चितवन र धादिङको सिमानामा पर्ने पृथ्वी राजमार्गको मौवा खोला पुलको एप्रोच सडक बगाएको छ। खोलाले सड....

काठमाडौं, साउन ५ : आइतबार रातिदेखि परेको अबिरल वर्षाले चितवन र धादिङको सिमानामा पर्ने पृथ्वी राजमार्गको मौवा खोला पुलको एप्रोच सडक बगाएको छ। खोलाले सडक बगाएपछि राजमार्ग पूर्ण रुपमा ठप्प छ। मौवा खोलाले सडक कटान गरेपछि पुलसमेत जोखिममा छ।
बाह्र मिटर पुलको एप्रोच सडकको भाग बाढीले बगाएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर शिव खनालले जानकारी दिए। उनले जति सक्दो छिटो सडक मर्मत गरी यातायात सञ्चालनको प्रयास गरिने बताए।
जोगिमारा प्रहरी कार्यालयका हवल्दार उपेन्द्र श्रेष्ठले पुल भासिएर मानिससमेत हिँड्न नसक्ने भएको जानकारी दिए। उनले वैकल्पिक उपाय नखोजेसम्म तत्काल सडक सञ्चालनको सम्भावना नरहेको बताए।




-1792226847.jpeg)





-1792226847.jpeg)
