Kathmandu Press

कलैयाका सिंचाई विकास डिभिजन कार्यालयका सव–इन्जिनियर घुससहित पक्राउ

काठमाडौं, साउन ५ : बारास्थित कलैयाको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका सव–इन्जिनियर गजेन्द्रप्रसाद जैसवाल घुसहित पक्राउ परेका छन्।

....

अख्तियार दुरुपयोग अनुसन्धान आगोगको टोलीले उनलाई सोमबार रंगेहात पक्राउ गरेको हो।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार जैसवालले नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न भएपछि रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीबाट ८० हजार रुपैयाँ घुस लिएका थिए।

उनलाई कलैया नगरपालिका– ४ बाट नियन्त्रणमा लिई अनुसन्धान थालिएको अधिकारीले बताए।

प्रकाशित मिति: १७:३२ बजे, सोमबार, साउन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्