अझै तीन दिन देशभर भारी वर्षाको सम्भावना
काठमाडौं, साउन ५ : मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले अझै तीन दिन देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको....

काठमाडौं, साउन ५ : मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले अझै तीन दिन देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ।
मनसुनी न्युन चापिय रेखा नेपाल तिर सरेकै कारण देशभर सामान्यदेखि पूर्ण बदलीका साथै धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागका मौसमविद् राजु प्रधानाङ्गले बताए। ‘मनसुनको न्युन चापिय रेखा नेपाल तिर आएको भएरै हाल देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा भइरहेको हो,’ उनले काठमाडौं प्रेससँग भने, ‘नेपालमा यसको परिणाम बाढी, पहिरोलगायतका घटना निम्तन सक्छ।’
हरेक वर्ष जुलाईदेखि अगष्टसम्म मनसुन सक्रिय रहने गरेको प्रधानाङ्ग बताउँछन्। साथै देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भन्दै सतर्कता अपनाउन विभागले अनुरोघ गरेको छ।
यस्तो छ, आगामी तीन दिनको मौसम पुर्वानुमान
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। प्रदेश १, प्रदेश २, वागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश केही स्थानहरुमा साथै कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, वागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। प्रदेश १, प्रदेश २, वागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
बुधबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, वागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
रातमा भने देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।











