ओखलढुंगाका क्यान्सर पीडित ७२ वर्षीय वृद्ध कोरोनामुक्त
काठमाडौं, साउन ५ : ओखलढुंगाको लिखु गाउँपालिकाका ७२ वर्षीय क्यान्सर रोगबाट पीडित वृद्धले कोरोना जितेका छन्।
गत २६ असारमा कोरोना संक्रमण....

काठमाडौं, साउन ५ : ओखलढुंगाको लिखु गाउँपालिकाका ७२ वर्षीय क्यान्सर रोगबाट पीडित वृद्धले कोरोना जितेका छन्।
गत २६ असारमा कोरोना संक्रमण पुष्टि भएको वृद्धको पछिल्लो पटक गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएको हो।
साथै, जिल्लामा रहेका अन्य चार संक्रमित पनि कोरोनामुक्त भएका छन्। ओखलढुंगामा रहेका पाँच संक्रमित मध्ये चार जना मिसन अस्पतालमा उपचाररत थिए भने वृद्धलाई घरमै राखिएको थियो। लामो समयदेखि क्यान्सरबाट थलिएका वृद्धलाई अस्पतालले उपचार सम्भव नभएको भन्दै घर पठाएको थियो र उनमा कोरोना संक्रमण पनि देखियो।
वृद्धलाई पारिवारको हेरचाहको आवश्यक रहेकोले उपचारको व्यवस्थासहित घरैमा राखिएको थियो।
वृद्धमा कोरोना संक्रमण पुष्टि भएसँगै उनको गाउँ नै सिल गरिएको थियो।
उनीहरुमा काेराेना नेगेटिभ देखिएसँगै ओखलढुंगाका सबै कोरोना संक्रमित निको भएका छन्।




-1792226847.jpeg)





-1792226847.jpeg)
