Kathmandu Press

कोरोना संक्रमणबाट मृत्यु भएका वृद्धका कर्मचारीमा पनि कोरोनाको संक्रमण

काठमाडौं, साउन ५ : कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका सप्तरीका वृद्धको पसलमा काम गर्ने कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

मृतकक....

मृतकको पसलमा काम गर्ने १९ जना कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये एक जना पसलमा कार्यरत कर्मचारी र अर्का कम्प्युटर बनाउने पुरुष हुन्।

यसअघि आइतबार मृतकको सम्पूर्ण परिवारमा नै संक्रमण पुष्टि भएको थियो। दुई साता अघि भारतबाट आएका मृतकको परिवालाई घरमै आइसोलेसनमा राखिएको छ। 

राजविराज नगरपालिका का ७२ वर्षीय वृद्धको गत बिहीबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो। कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै उनको मृत्यु भएको हो। 

कोरोनाको कारण वृद्धको मृत्यु भएपछि उनको सम्पूर्ण परिवारका साथै पसलमा कार्यरत कर्मचारीहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो।

प्रकाशित मिति: १४:१३ बजे, सोमबार, साउन ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्