देशभरका नदीमा पानीको सतह बढ्दै, नारायणीमा खतराको चिन्ह पार
काठमाडौं, साउन ५ : लगातारको वर्षाले देशभरका अधिकांश नदी तथा खोलाहरुमा पानीको सतह बढ्दै गइरहेको छ। केही नदीमा पानीको सतह खतराको चिन्ह नजिक पुगेको छ।
काठमाडौं, साउन ५ : लगातारको वर्षाले देशभरका अधिकांश नदी तथा खोलाहरुमा पानीको सतह बढ्दै गइरहेको छ। केही नदीमा पानीको सतह खतराको चिन्ह नजिक पुगेको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार देशभरका अधिकांश ठूला नदीहरुमा पानीको सतह बढिरहेको छ। नारायणी नदीमा पानीको सतहले खतराको चिन्ह पार गरेको छ। नारायण नदी देवघाट नजिक खतराको चिन्हभन्दा माथि पुगेको हो।
त्यस्तै नारायणघाट पुल नजिक पनि पानीको सहत खतराको चिन्ह नजिक पुगेको छ। अझै पनि पानीको सतह बढिरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
वर्षा जारी रहेकाले सेती नदीमा पनि पानीको सतह बढिरहेको छ। डोटीको गोपघाटमा रहेको मापन केन्द्रले पानीको सतह बढिरहेको देखाएको छ।
यसैगरी राप्ती, कालीगण्डकी, मोदी खोला, सेती, माडी, अनुखोला, लाङटाङ खोला पनि पानीकाे सतह बढिरहेका छन्।
मकवानपुरमा पूर्वी राप्ती, चितवनमा लोथर खोला, लमजुङमा द्वाङ खोला, काठमाडौंमा वागमती, बिष्णुमती, मनोहरा, नख्खु, धनुषामा कमला, संखुवासभामा अरुण, काँभ्रेमा रोशी खोलामा पनि पानीको सतह बढिरहेको महाशाखाले जनाएको छ।
त्यस्तै, ओखलढुंगामा सुनकोशी, ताप्लेजुङमा तमोर, सुनसरीमा सप्तकोसी, दोलखामा तामाकोसी र इलाममा कनकाइ नदीमा पनि पानीको सतह बढिरहेको छ। अन्य केही नदीमा पानीको सतह एकनासको रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
अझै केही दिन पानी पर्ने भएकाले नदीमा पानीको सहत बढ्ने विभागले जनाएको छ। नदी तटीय क्षेत्रका वासिन्दालाई सचेत रहने विभागले आग्रह गरेको छ।




-1792226847.jpeg)





-1792226847.jpeg)
