Kathmandu Press

पहिरोले पुरिएर दार्चुलामा आमाछोरीको मृत्यु (अपडेट)

दार्चुला, साउन ५ : पहिरोले घर पुरिँदा वेपत्ता भएका दार्चुलाको नौगाड गाउँपालिका–६, परिगाउँका आमाछोरीको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्....

पहिरोले पुरिएर दार्चुलामा आमाछोरीको मृत्यु (अपडेट)

दार्चुला, साउन ५ : पहिरोले घर पुरिँदा वेपत्ता भएका दार्चुलाको नौगाड गाउँपालिका–६, परिगाउँका आमाछोरीको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार पुरिएको अवस्थामा स्थानीय ३५ वर्षीया मानमती ठगुन्ना र उनकी छोरी ६ वर्षीया आरतीको शव भेटिएको हो। स्थानीय वासिन्दा र प्रहरीको टोलीले पहिरो पन्छाउँदा शव भेटेको जनाएको छ।

आइतबार राति आएको पहिरोमा परिगाउँका सात घर पुरिएका थिए। चार जनाको जीवितै उद्धार गरिएको थियो भने दुई जना वेपत्ता भएका थिए। उनीहरुको आज बिहानैदेखि खोजी सुरु भएको थियो।

पहिरोमा परि घाइते भएका मोहनसिंह ठगुन्नासहित चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १३:३३ बजे, सोमबार, साउन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्