Kathmandu Press

बारामा जनप्रतिनिधिसहित ४६ जनामा कोरोनाको संक्रमण पुष्टि

सिमरा, साउन ५ : बारामा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको परीक्षणमा ....

बारामा जनप्रतिनिधिसहित ४६ जनामा कोरोनाको संक्रमण पुष्टि

सिमरा, साउन ५ : बारामा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका थप ४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा मदन उपाध्यायका संक्रमितमध्ये  ३५ जना पुरुष  र ११ जना महिला रहेका छन्। कोरोनाको संक्रमण जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई पनि देखिएको उनले बताए। 

संक्रमितहरु बाराको देवताल गाउँपालिकाका ३४ जना, सुवर्ण गाउँपालिकाका तीन, कलैया उपमहानगरपालिकाका तीन र धनकौलका ६ जना रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए।  

उनका अनुसार संक्रमितलाई कलैयामा रहेको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ।
 

प्रकाशित मिति: १३:१० बजे, सोमबार, साउन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्