Kathmandu Press

गण्डकी प्रदेशका थप १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ५ : गण्डकी प्रदेशका तीन जिल्लामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा महानगरपालिकाका ८ जनासहित तनहुँ, स्याङ्जा र लमजुङका गरी....

गण्डकी प्रदेशका थप १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ५ : गण्डकी प्रदेशका तीन जिल्लामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा महानगरपालिकाका ८ जनासहित तनहुँ, स्याङ्जा र लमजुङका गरी १२ जनामा संक्रमण पुष्टि भएको हो। 

संक्रमित हुनेहरुमा पोखरा महानगरपालिकाका ८ जना, तनहुँका दुई जना, लमजुङका एक जना र स्याङ्जाका एक जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ।

यससहित गण्डकी प्रदेशमा एक हजार ३१७ जना कोरोना संक्रमित पुगेका छन्। 

त्यस्तै आजसम्म डिस्चार्ज हुनेको संख्या एक हजार चार जना रहेको छ।

प्रकाशित मिति: १३:०३ बजे, सोमबार, साउन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्