बाराको देवताल गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी
काठमाडाैं, साउन ५ : बाराको देवताल गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
काठमाडाैं, साउन ५ : बाराको देवताल गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सोमबार गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट प्रदान हुँदै आएका सबै सेवाहरु अर्को सूचना नहुँदासम्म बन्द गर्न सूचना जारी गरेका छन्।
साथै, गाउँपालिका भित्र प्रवेश गर्ने सवारीसाधनमा पनि निषेध गरिएको छ। हाटबजार, अन्य पसलहरु, र अर्को सूचना जारी नभएसम्म विवाह व्रतबन्धलगायत धार्मिक तथा साास्कृतिक कार्य गर्न निषेध गरिएको छ।
एम्बुलेन्स, अत्यावश्यक खाद्यान्न, औषधि, ग्याँस, दूध, तेलका पसलहरु भने सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय बाराले जनाएकाे छ। देवताल गाउँपालिकाका ७४ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा ११ महिलासहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।




-1792226847.jpeg)





-1792226847.jpeg)
