Kathmandu Press

त्रिवि उपकुलपति र रेक्टरको कार्यालयमा नेविसंघद्वारा तालाबन्दी

काठमाडौं, साउन ५ : नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी गरेको छ।

सत्तारुढ नेकप....

त्रिवि उपकुलपति र रेक्टरको कार्यालयमा नेविसंघद्वारा तालाबन्दी

काठमाडौं, साउन ५ : नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी गरेको छ।

सत्तारुढ नेकपाले विश्वविद्यालयलाई भर्तिकेन्द्र बनाएको भन्दै नेविसंघले तालाबान्दी गरेको हो। शैक्षिक संस्थालाई कम्युनिस्टीकरण गर्नेगरि पदाधिकारी नियुक्त गरिएको नेविसंघको आरोप छ।

नेविसंघ त्रिवि एकाई सचिव योगेन्द्र रावलले जारी गरेको विज्ञप्तिमा हालै नियुक्त गरिएका विभागीय प्रमुख, क्याम्पस प्रमुख तथा डीनलाई खारेज गर्नुपर्ने माग गरिएको छ। नेकपा कार्यकर्तालाई व्यवस्थापन गर्नेगरि नियुक्त गरिएको उनको भनाइ छ।

विश्वविद्यालयका पदाधिकारी तथा अन्य महत्वपूर्ण प्राज्ञिक नेतृत्वको छनौट, नियुक्तिको आधार वरिष्ठता, कार्यदक्षता र पारदर्शीता हुनपर्ने नेविसंघले माग गरेको छ। माग पूरा नभएसम्म तालाबन्दी यथावत रहने जनाएको छ।

प्रकाशित मिति: १२:२२ बजे, सोमबार, साउन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्