भारतमा एकैदिन ४० हजारमा कोरोना, ११ लाख नाघे संक्रमित
काठमाडौं, साउन ५ : भारतमा एकै दिन ४० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या ११ लाख नाघेको छ।
भारतको स्वा....

काठमाडौं, साउन ५ : भारतमा एकै दिन ४० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या ११ लाख नाघेको छ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा ४० हजार दुई सय ४३ जनामा कोरोना देखिएको छ भने ६ सय ७५ जनाको मृत्यु भएको छ। योसँगै संक्रमितको संख्या ११ लाख १८ हजार एक सय सात पुगेको छ।
सोमबार बिहानसम्म भारतमा कोरोनाबाट २७ हजार पाँच सय तीन जनाको मृत्यु भएको छ। अझै आठ हजार नौ सय ४४ जना गम्भीर रहेका छन्। कोरोना संक्रमितमध्ये सात लाख तीन सय ९९ जना निको भएका छन्।
सबैभन्दा बढी महाराष्ट्रमा तीन लाख नौ सय ३७ जनामा कोरोना देखिएको छ भने ११ हजार पाँच सय ९६ जनाको मृत्यु भएको छ। दोस्रो नम्बरमा रहेको तमिलनाडुमा एक लाख ६५ हजार सात सय १४ जनामा कोरोना देखिएको छ।
त्यस्तै, दिल्लीमा एक लाख २१ हजार पाँच सय ८२ जनामा कोरोना देखिएको छ। जसमध्ये तीन हजार पाँच सय ९७ जनाको मृत्यु भएको छ।
नेपालसँग सीमा जोडिएका भारतीय राज्यमा पनि कोरोना बढ्दै गएको छ। उत्तर प्रदेशमा ४७ हजार ३७, पश्चिम बंगालमा ४० हजार दुई सय नौ, उत्तराखण्डमा चरा हजार दुई सय ७६, सिक्कीमा दुई सय ७५ र बिहारमा २५ हजार एक सय ७६ जनामा कोरोना देखिएको छ।




-1792226847.jpeg)





-1792226847.jpeg)
