Kathmandu Press

पहिरोले दार्चुलामा घर बगाउँदा आमाछोरी वेपत्ता, चार घाइते

दार्चुला, साउन ५ : पहिरोले दार्चुलाको नौगाड गाउँपालिका–६, परिगाउँमा चार घर बगाएको छ। घर बगाउँदा दुई जना वेपत्ता भएका छन भने चार जना घाइते भएका छ....

पहिरोले दार्चुलामा घर बगाउँदा आमाछोरी वेपत्ता, चार घाइते

दार्चुला, साउन ५ : पहिरोले दार्चुलाको नौगाड गाउँपालिका–६, परिगाउँमा चार घर बगाएको छ। घर बगाउँदा दुई जना वेपत्ता भएका छन भने चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति गएको पहिरोले घर बगाउँदा आमा र छोरी वेपत्ता भएका हुन्। बेपत्ता हुनेहरुमा स्थानीय ३५ वर्षीया मानमती ठगुन्ना र उनकी छोरी ६ वर्षीया आरती रहेका छन्।

पहिरोले घर बगाउँदा चार जना घाइते भएका छन्। उनीहरुको स्थानीय वासिन्दाले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरोमा परेकाहरुको उद्धारका लागि आज बिहानै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ। पहिरोले एउटा विद्यालय भवन पनि बगाएको प्रहरीले जनाएको छ।

दुई दिनदेखि परिरहेको अविरल वर्षाले पहिरो गएको स्थानीय वासिन्दाले बताए। वर्षाले गर्दा स्थानीय खोलाहरुमा पनि बाढी आएको छ। ठाउँठाउँमा बाटो अवरुद्ध भएको छ।

प्रकाशित मिति: ०९:५१ बजे, सोमबार, साउन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्