Kathmandu Press

आज साउनको पहिलो सोमबार,  पशुपति मन्दिर भने नखुल्ने

काठमाडौं, साउन ५ : आज साउनको पहिलो सोमबार ।  हिन्दू नेपाली नारीहरुका लागि आजको दिनलाई विशेष रुपमा लिइन्छ ।

गत वर्षहरुमा साउने सोमबारका ....

आज साउनको पहिलो सोमबार,  पशुपति मन्दिर भने नखुल्ने

काठमाडौं, साउन ५ : आज साउनको पहिलो सोमबार ।  हिन्दू नेपाली नारीहरुका लागि आजको दिनलाई विशेष रुपमा लिइन्छ ।

गत वर्षहरुमा साउने सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो लाग्ने गरेको थियो ।

विश्वभर नै फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि चैत ११ गतेदेखि नै बन्द गरिएको पशुपतिनाथको मन्दिर आज पनि नखुल्ने भएको हो । अघिल्ला वर्षहरुमा रातिदेखि नै दर्शनार्थीको घुईंचो लाग्ने पशुपति मन्दिर यस वर्ष सुनसान बनेको हो ।

सरकारले भिडभाड हुने सार्वजनिक ठाउँ, मन्दिर, विद्यालय लगायत नखोल्ने निर्णय गरेकाले साउन महिनाको पहिलो सोमबार भए पनि दर्शनार्थीका लागि मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोरोनाको जोखिम कायमै रहेकाले घर घरमा नै बसेर शिवको आराधना गर्न आग्रह गरिएको छ । पशुपतिनाथ मन्दिर नखुलेपनि मन्दिरमा हुने नियमित नित्य पूजा भने आज पनि हुनेछ । 

प्रकाशित मिति: ०७:४४ बजे, सोमबार, साउन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्