Kathmandu Press

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं, साउन ५ : नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

बिहान ५ बजेतिर दुई वटा विद्युत....

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
फाइल

काठमाडौं, साउन ५ : नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा एकतर्फी सवारी लामबद्ध गरिदिन अनुरोध गरेको छ ।

दुई दिनदेखि यस क्षेत्रमा लगातार वर्षा भइरहेको छ । इच्छाकामना–६ मा पर्ने चारकिलोमा त्यसअघि पनि पटकपटक पहिरो खस्दा समस्या हुँदै आएको छ । 

प्रकाशित मिति: ०७:१८ बजे, सोमबार, साउन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्