Kathmandu Press

विदेशबाट आउने सबैको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने

काठमाडाैं, साउन ४ :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउने सबैको कोरोना परीक्षण गर्ने भएको छ।

मन्त्रालयको आइतबार बसेको उच्चस....

विदेशबाट आउने सबैको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने
फाइल

काठमाडाैं, साउन ४ :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउने सबैको कोरोना परीक्षण गर्ने भएको छ।

मन्त्रालयको आइतबार बसेको उच्चस्तरीय समितिको बैठकले परीक्षणको दायरा बढाउन विदेशबाट हवाई  र स्थल मार्गबाट आउनेको पीसीआर परीक्षण गर्ने भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।  

उनका अनुसार विदेशबाट आउने पाँच दिन होल्डिङ सेन्टरबाट बसेपछि र स्थलमार्गबाट आउनेको सोही ठाउँको क्वारेन्टिनमा बसेपछि पीसीआर परीक्षण गरिने छ। अहिले २७ प्रयोगशालाबाट तीन लाख १५ हजार ५७० जनाको पीसीआर परीक्षण गरिएको छ।

पीसीआर परीक्षण गरेपछि मात्र विदेशबाट आउने व्यक्तिलाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाइने भएको छ।

यसैगरी, सिंहदरबारभित्र सरसफाइको काम गर्ने कर्मचारीको पीसीआर परीक्षण गरिने छ।  उनीहरुको चाँडै नै परीक्षणका लागि नमूना संकलन गरिने छ।

बैठकले संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबैको, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाकर्मी र चिकित्सकको सल्लाहबमोजिम सबैको परीक्षण गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए। 

 मन्त्रालयले समुदायस्तरमा संक्रमण छ वा छैन भनेर ४५ हजारको नमूना संकलन गरी परीक्षण गरिरहेको समेत उनले जानकारी दिए। 
 

प्रकाशित मिति: १९:५१ बजे, आइतबार, साउन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्