Kathmandu Press

भान्जाको हत्या गरी फरार रहेका आरोपी १३ वर्षपछि पक्राउ

काठमाडौं, साउन ४ : आफ्नै भान्जाको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले भारतको मनफ्फरपुरका ४५ वर्षीय राजेशकुमार गुप्तालाई पक्राउ गरेको छ। 

....
भान्जाको हत्या गरी फरार रहेका आरोपी १३ वर्षपछि पक्राउ

काठमाडौं, साउन ४ : आफ्नै भान्जाको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले भारतको मनफ्फरपुरका ४५ वर्षीय राजेशकुमार गुप्तालाई पक्राउ गरेको छ। 

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई सर्लाहीको मलंगवा– ८ गोरखकाली भन्ने ठाउँबाट पक्राउ गरेको हो। 

अभियुक्तले ०६४ असार २४ गते आफ्नै भान्जा रोहित गुप्ताको अपहरण गरी दुई लाख ५० हजार फिरौती मागेका थिए। दुई लाख रुपैयाँमा कुरा मिलेपछि अभियुक्त आफैँले फिरौतीबापतको रकम त्रिभुवन पार्कबाट लिएर गएका थिए। 

रोहितको हत्या गरी शव व्यवस्थापन गरेपछि राजेशकुमार छठ भारत गएर उतै बसेका थिए।

घटनामा संलग्न धादिङका विष्णु सुनारलाई प्रहरीले सोही वर्ष मंसिर १२ गते पक्राउ गरेको थियो। उनकै बयानका आधारमा गुप्ताको खोजीकार्य जारी रहेको थियो।

प्रकाशित मिति: १७:२३ बजे, आइतबार, साउन ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्