आइतबार थपिए कोरोनाका एक सय ५६ नयाँ संक्रमित
काठमाडौं, साउन ४ : देशभर आइतबार थप एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा&zw....

काठमाडौं, साउन ४ : देशभर आइतबार थप एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा एक सय ५६ जना संक्रमिमत थपिएका हुन्।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ।
त्यस्तै गत २४ घण्टनमा विभिन्न अस्पतालबाट ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। योसहित कुल डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ९५ पुगेको छ।
गत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा तीन हजार सात सय ४१ जनाको पीसीआर परीक्षण गरिएको डा. गौतमले बताए।
त्यस्तै हालसम्म कोरोना भाइरसको कारण ४० जनाको मृत्यु भइसकेको छ।




-1792226847.jpeg)





-1792226847.jpeg)
