Kathmandu Press

कोरोना संक्रमणबाट मृत्यु भएका सप्तरीका वृद्धको परिवारका सबै सदस्य संक्रमित

काठमाडौं, साउन ४ : कोरोना संक्रमणबाट मृत्यु भएका सप्तरीका ७२ वर्षीय वृद्धको परिवारका सबै सदस्यामा कोराना संक्रमण पुष्टि भएको छ। राजविराजस्थित गजेन्द्र....

कोरोना संक्रमणबाट मृत्यु भएका सप्तरीका वृद्धको परिवारका सबै सदस्य संक्रमित

काठमाडौं, साउन ४ : कोरोना संक्रमणबाट मृत्यु भएका सप्तरीका ७२ वर्षीय वृद्धको परिवारका सबै सदस्यामा कोराना संक्रमण पुष्टि भएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा परिवारका सबै सदस्यमा संक्रमण पुष्टि भएको हो। 

बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको वृद्धको दुई घण्टामै वृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा मृत्यु भएको थियो।

वृद्धकी पत्नी, छोरा, बुहारी र नाति, नातिनामा कोरोना पुष्टि भएपछि सबैलाई आइसोलेसन कक्षमा राख्ने तयारी भइरहेको छ। 

मृतकको पत्नी बिरामी भएकोले उनकाे उपचारको लागि भारत गएका सम्पुर्ण परिवार दुई साता अघि नेपाल फर्किएका थिए।

साथै उनको पसलमा कार्यरत कर्मचारीको समेत स्वाब संकलन गरी परीक्षण गरिएको छ। 

उनीहरुको रिपोर्ट भने आइसकेको छैन।

प्रकाशित मिति: १५:२४ बजे, आइतबार, साउन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्