Kathmandu Press

कांग्रेस सांसद ज्वारचनले लिइन् शपथ

काठमाडौं, साउन ४ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद सुवर्ण ज्वारचनले पद तथा गोपनीयताको शपथ लिएकी छिन्। 

सिंहदरबारस्थि....

कांग्रेस सांसद ज्वारचनले लिइन् शपथ

काठमाडौं, साउन ४ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद सुवर्ण ज्वारचनले पद तथा गोपनीयताको शपथ लिएकी छिन्। 

सिंहदरबारस्थित कृषि समितिको हलमा आइतबार दिउँसो सभामुख अग्निप्रसाद सापकोटाले ज्वारचनलाई सांसद पदको शपथ ग्रहण गराएका हुन्। समानुपातिक कोटामा सांसद बनेकी ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त पदमा ज्वारचन सांसद बनेकी हुन्।   

समानुपातिक सांसद छन्त्यालको गत असार १७ गते उपचारका क्रममा सहिद गंगालाल हृदयरोग केन्द्रमा निधन भएको थियो। 

 

प्रकाशित मिति: १४:४९ बजे, आइतबार, साउन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्