भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने
काठमाडौं, साउन ४ : भोलि (साेमबार) देखि सार्वजनिक यातायात सञ्चालन गर्न यातायात व्यवसायी तयार भएका छन्।
यातायात व्यवस्था विभागमा आइतबार&n....

काठमाडौं, साउन ४ : भोलि (साेमबार) देखि सार्वजनिक यातायात सञ्चालन गर्न यातायात व्यवसायी तयार भएका छन्।
यातायात व्यवस्था विभागमा आइतबार भएको छलफलमा सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायी तयार भएका हुन्। सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुर सार्वजनिक यातायात सञ्चालन गर्न सहमत भएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।
'भोलि बिहानदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ,' हमालले भने। कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले सुरक्षाका उपाय अपनाएर यातायात सञ्चालन गरिने भएको छ।
व्यवसायीले उठाउँदै आएका माग मौद्रिक नीतिमार्फत सम्बोधन गरिएकाले सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएको महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले बताए। सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपनि सुरक्षाको माग राख्दै आएका व्यवसायीहरुले सवारी सञ्चालन गरेका थिएनन्।
सोमबारदेखि उपत्यका बाहिरका जिल्लाभित्रै पिन सार्वजनिक यातायात सञ्चालन हुनेछन्। काठमाडौं भने तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा यातायात सञ्चालन हुनेछन्।
अहिले साझा र मयुर यातायातले सवारी सञ्चालन गरिरहेका छन्। त्यस्तै, माइक्रोबस र ट्याम्पो पनि सञ्चालन भइरहेका छन्।




-1792226847.jpeg)





-1792226847.jpeg)
