Kathmandu Press

उदयपुरमा सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्दामा वृद्धि

उदयपुर, साउन ४ : उदयपुर जिल्लामा बर्सेनी सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्दा बढ्दै गएको छ। 

आर्थिक वर्ष २०७६/७७ को असार मसान्त सम....

उदयपुरमा सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्दामा वृद्धि

उदयपुर, साउन ४ : उदयपुर जिल्लामा बर्सेनी सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्दा बढ्दै गएको छ। 

आर्थिक वर्ष २०७६/७७ को असार मसान्त सम्ममा जिल्लामा दुई सय १८ मुद्दा सम्बन्ध विच्छेद सम्बन्धी रहेको जिल्ला अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए।

Hardik ivf

यस्तै सोही आवमा ८३ वटा मुद्दा जबर्जस्ती करणी सम्बन्धी रहेका छन्। तीन वर्षदेखि निरन्तर रुपमा सबैभन्दा बढी अदालतमा सम्बन्ध विच्छेद र त्यसपछि जबर्जस्ती करणीका मुद्दा वृद्धि हुँदै गएको अदालतले जनाएको छ। जिल्ला अदालतले हालै न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक कार्यक्रमअन्तर्गत कार्य सम्पादन समीक्षा सार्वजानिक कार्यक्रममा सो जानकारी दिइएको हो।

जिल्लामा लागुऔषध सम्बन्धीका मुद्दाहरु पनि बढ्दै गएको छ। जिल्ला न्यायाधीश दीपक खनालका अनुसार यस्ता घटना वृद्धि हुनुमा समाजमा संस्कार चेतना र कानूनी ज्ञानको अभाव रहेको छ। जिल्ला न्यायाधीश तीर्थ केसी भन्छन्, 'गरिबी, चेतनाको अभाव कतिपय सामाजिक संस्कार र कुरीतिका कारण बर्सेनी यस्ता घटनाहरु बढ्नाका मुख्य कारण हुन्।'

आव ०७६/७७ मा जिल्ला अदालतले झण्डै ६४ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको थियो। अदालतले एक वर्षभित्र ६ सय ५९ वटा  अर्थात् ५७ प्रतिशत मुद्दाहरु किनारा लगाएको छ। न्याय सम्पादनलाई छिटो र सरल तरिकाले निरुपण गर्न, प्रशासनिक तथा कार्य सम्पादन सुधारमा अदालतले उच्च प्राथमिकता दिएको छ।

प्रकाशित मिति: १३:२९ बजे, आइतबार, साउन ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्