Kathmandu Press

बाजुरामा प्रहरीमाथि ढुङ्गामुढा प्रहार

बाजुरा, साउन ४ : जिल्लाको बूढीगङ्गा नगरपालिका–७ का युवक दिलीप केसीको समूहले शनिबार प्रहरीमाथि ढङ्गामुढा प्रहार गरेको छ। 

बूढीगङ्ग....

बाजुरामा प्रहरीमाथि ढुङ्गामुढा प्रहार

बाजुरा, साउन ४ : जिल्लाको बूढीगङ्गा नगरपालिका–७ का युवक दिलीप केसीको समूहले शनिबार प्रहरीमाथि ढङ्गामुढा प्रहार गरेको छ। 

बूढीगङ्गा–७ का वडाध्यक्ष भुवन केसीका छोरा दिलीपलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरिएको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए।

Hardik ivf

बेतालमाडौँ बजारमा व्यवसाय गर्दै आएका पारस रावतमाथि स्थानीय युवाहरुले कुटपिट गरेको निवेदनका आधारमा प्रहरीले दिलीपलाई नियन्त्रणमा लिन खोजेको थियो। नियन्त्रणमा लिन गएका प्रहरीमाथि ढुङ्गामुढा प्रहार हुँदा दुई प्रहरी जवान घाइते भएको प्रहरी निरीक्षक तथा कार्यालयका प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिए।

घाइते प्रहरी जवानको टाउको र कम्मरमा चोट लागेको छ। ढुङ्गामुढा प्रहारबाट रिठ्ठा प्रहरी चौकीका इन्चार्ज र एक प्रहरी जवान घाइते भएका छन्। घाइते जवान अछामको बयालपाटा अस्पतालमा उपचारपछि चौकी फर्किएका छन्। प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्ने केसीसहितका युवालाई प्रहरीले खोजिरहेको छ। 

प्रकाशित मिति: १३:१५ बजे, आइतबार, साउन ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्