नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित
काठमाडौं, साउन ४ : नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। अब अर्को बैठक मंगलबार बोलाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको व....

काठमाडौं, साउन ४ : नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। अब अर्को बैठक मंगलबार बोलाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषयमा विवाद हुँदा नेकपा स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ। नेकपा स्थायी कमिटी बैठक असार १० गतेदेखि सुरु भएको थियो। सुरुवातका दुई बैठक बसेपनि त्यसयता भने स्थगित हुँदै आएको छ। असार १८ गतेदेखि बैठक नै नबसेर स्थगित हुँदै आएको छ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिन माग गरेका छन्। प्रधानमन्त्री ओलीले कुनै पदबाट राजीनामा नदिने अडान राखेका छन्।
शनिबार सचिवालय बैठक बसेको थियो। सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए। त्यसमा अर्का अध्यक्ष प्रचण्डले सहमति जनाएपछि आज स्थायी कमिटी बैठक बस्ने सहमति बनेको थियो।
तर, मंसिरमा महाधिवेशन हुन नसक्ने जनाउँदै वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि राखेका थिए।











