खुमलटार भेलामा प्रचण्डको ब्रिफिङ– ओलीजीले फालेको महाधिवेशनको कार्डमा म सहमत छैन
काठमाडाैं, साउन ४ : सत्तासीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलील....

काठमाडाैं, साउन ४ : सत्तासीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले फालेको महाधिवेशनको कार्डमा आफु सकारात्मक नभएको बताएका छन्। आइतबार निजी निवास खुमलटारमा भएको सचिवालयका केही सदस्यहरुबीचको भेलामा ब्रफिङ गर्दै प्रचण्डले आफु ओलीको प्रस्तावमा सकरात्मक नभएको बताएका हुन्।
वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छलफल प्रचण्डले प्रधानमन्त्री ओलीको प्रस्तावमा आफ्नो सहमती नरहेको बताएका हुन्।
‘बामदेवजीलाई प्रधानमन्त्री बनाउने भन्ने प्रस्ताव जस्तै हुन सक्छ। म यसमा त्यति सकरात्मक छैन,’ उनले बैठकमा राखेको कुरा उदृत गर्दै झलनाथ खनालले भने।
शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच वरिष्ठ नेता माधव नेपालले असन्तुष्टि जनाएपछि प्रचण्ड निवासमा छलफल भएको हो।
शनिवारको सचिवालय बैठकमा ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए। आलीको प्रस्तावमा प्रचण्डले समेत सहमति जनाएको भन्दै नेता नेपालले विरोध गरेका थिए। तर, प्रचण्डको सचिवालयले ओलीसँग सहमति नभएको भन्दै खण्डन गरेको थियो।











