Kathmandu Press

कोरोनाबाट निको भए नेपाल एयरलाइन्सका पाइलटसहित १४ कर्मचारी

काठमाडौं, साउन ४ : कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का पाइलटसहित १४ उडान कर्मचारी निको भएर घर फर्किएका छन्।

....
कोरोनाबाट निको भए नेपाल एयरलाइन्सका पाइलटसहित १४ कर्मचारी

काठमाडौं, साउन ४ : कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का पाइलटसहित १४ उडान कर्मचारी निको भएर घर फर्किएका छन्।

विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू मेम्बर उपचारपछि घर फर्किएका हुन्।  उनीहरु शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको निगमका प्रवक्ता अर्चना खड्काले बताइन्।

विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानमा संलग्न कर्मचारीमा असार २२ गते पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो। करीब दुई सातापछि उनीहरुको पुनः पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आ–आफ्नो घर फर्किएको उनले बताइन्।

कोरोना सङक्रमण देखिएपछि निगमका उडान कर्मचारीलाई सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई दिन र ह्याम्स अस्पतालमा ६ दिन राखिएको थियो।

प्रकाशित मिति: १२:३१ बजे, आइतबार, साउन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्