Kathmandu Press

गण्डकी प्रदेशका थप १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ४ : गण्डकी प्रदेशमा आइतबार १२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा थप १२ जन....

गण्डकी प्रदेशका थप १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ४ : गण्डकी प्रदेशमा आइतबार १२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा थप १२ जनामा संक्रमण पुष्टि भएको हो। 

संक्रमितमध्ये लमजुङका ६ र कास्कीका ६ जना रहेका छन्। 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लमजुङको बेशीसहरका एक, राइनाशका एक, मध्यविन्दुका दुई, दुधपोखरीका एक र सुन्दर बजारका एक जना रहेका छन्। 

त्यस्तै पोखरा महानगरपालिकाका ६ जना रहका छन्। 

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय दुई पुगेको छ। 

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षम लैजाने तयारी भइरहेको छ।

प्रकाशित मिति: १२:२८ बजे, आइतबार, साउन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्