सरिता गिरीको सांसद पद र पार्टी सदस्य निलम्बनबारे अन्तरिम आदेश दिने वा नदिन...." />सरिता गिरीको सांसद पद र पार्टी सदस्य निलम्बनबारे अन्तरिम आदेश दिने वा नदिन...." />सरिता गिरीको सांसद पद र पार्टी सदस्य निलम्बनबारे अन्तरिम आदेश दिने वा नदिन....">

सरिता गिरीको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

काठमाडौं, साउन ४ :सरिता गिरीको सांसद पद र पार्टी सदस्य निलम्बनबारे अन्तरिम आदेश दिने वा नदिन....

सरिता गिरीको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

काठमाडौं, साउन ४ :सरिता गिरीको सांसद पद र पार्टी सदस्य निलम्बनबारे अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ।

अस्तित्वमा नै नरहेको तत्कालीन समाजवादी पार्टीले आफूलाई कारबाही गर्न नसक्ने र त्यो कारबाही कानुन विपरित भएको भन्दै गिरी सर्वोच्च पुगेकी थिइन्। यसअघि सर्वोच्चका न्यायाधीश डा.मनोज शर्माको एकल इजलासले कारण देखाउ आदेशसँगै अन्तरिम आदेशका लागि जनता समाजवादी पार्टीका अध्यक्षहरु महन्त ठाकुर, उपेन्द्र यादवलगायतलाई छलफलमा बोलाएको थियो।

आइतबार भने सर्वोच्चका न्यायाधीशहरु हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले यस मुद्दाको सुनुवाइ गर्नेगरी पेसी तोकिएको छ। दुवै न्यायाधीशको इजलासमा गिरीको मात्रै मुद्दा पेसी सूचीमा चढाइएको छ।

तत्कालीन जनता समाजवादी पार्टी र संघीय समाजवादीबीच एकीकरण भइ जनता समाजवादी पार्टी बनेकाले अस्तित्वमा नभएको समाजवादीले कानून र विधानमा भएको व्यवस्था विपरित अनुशासनको कारबाही गरेको गिरीको दाबी छ। पार्टी एकता भइसकेकाले तथ्य, कारण र कानून अनुसार तत्कालीन समाजवादी पार्टीले गरेको कारबाही बदर हुनुपर्ने उनको माग छ।

संविधान संशोधनको प्रस्तावमा पार्टीको ह्विप विपरीत अर्को संशोधन प्रस्ताव दर्ता गरेपछि गिरीलाई समाजवादीले कारबाही गरेको हो। यसका लागि रामसहायप्रसाद यादवको नेतृत्वमा छानबिन समिति बनाएको थियो र समितिको प्रतिवेदनका आधारमा उनलाई पार्टी सदस्य र सांसद् पदबाट हटाउने निर्णय गरेको थियो।

 

प्रकाशित मिति: १२:१९ बजे, आइतबार, साउन ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्