Kathmandu Press

प्रचण्ड निवासमा नेकपाका केही सचिवालय सदस्यको बैठक जारी

काठमडौं, साउन ५ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केही सचिवालय सदस्यको प्रचण्ड निवास खुमलटारम....

प्रचण्ड निवासमा नेकपाका केही सचिवालय सदस्यको बैठक जारी

काठमडौं, साउन ५ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केही सचिवालय सदस्यको प्रचण्ड निवास खुमलटारमा बैठक बसेको छ।

आइतबार बिहान ९ बजेदेखि जारी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।

शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच वरिष्ठ नेता माधव नेपालले असन्तुष्टि जनाएका थिए।

दुई अध्यक्षले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेपछि सचिवालयका अन्य सदस्यहरुले दुई अध्यक्षबीच सहमती भएकाे बुझेलेले प्रचण्डको सचिवालयले यसलाई खण्डन गरेको थियो।

प्रकाशित मिति: ११:१६ बजे, आइतबार, साउन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्