Kathmandu Press

अयोध्यामा साउन २१ गते राम मन्दिरको शिलान्यास गरिने

काठमाडौं, साउन ४ : भारतको विवादित अयोध्या क्षेत्रमा साउन २१ गते राम मन्दिरको शिलान्यास गर्न लागिएको छ।

लामो समयदेखि विवादित रहेको अयोध्या रा....

अयोध्यामा साउन २१ गते राम मन्दिरको शिलान्यास गरिने

काठमाडौं, साउन ४ : भारतको विवादित अयोध्या क्षेत्रमा साउन २१ गते राम मन्दिरको शिलान्यास गर्न लागिएको छ।

लामो समयदेखि विवादित रहेको अयोध्या रामजन्मभूमि क्षेत्रमा राम मन्दिर निर्माण गर्न लागिएको हो। गत वर्ष भारतको सवोच्च अदालतले राम मन्दिरका पक्षमा फैसला गरेको थियो।

त्यसयता राम मन्दिर निर्माणका लागि तयारी भइरहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले पर्साको ठोरीमा राम जन्मिएको अभिव्यक्ति दिएपछि अयोध्यामा राम मन्दिरको तत्कालै शिलान्यास गर्न लागिएको हो।

मन्दिरको शिलान्यासका लागि राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता दिएको छ। मन्दिरको शिलान्यास र भूमि पूजनका समारोहका लागि मोदीलाई निम्ता पठाएको ट्रस्टका सदस्य कामेश्वर चौपालले बताएका छन्।

राम मन्दिर निर्माण समितिका संयोजक नृपेन्द्र मिश्रका अनुसार साउन १९ र २१ गतेको साइत हेरिएको छ। जसमध्ये साउन १९ गते भूमि पूजा र २१ गते मन्दिर शिलान्यास गर्ने कार्यक्रम तय भएको उनले बताएका छन्। यसमा प्रधानमन्त्री मोदी उपस्थित हुने पक्का भएको उनको भनाइ छ।

यस अघि यो क्षेत्रमा बाबरी मस्जिद रहेको थियो। मोदीकै भारतीय जनता पार्टीको नेतृत्वमा सन् १९९२ मा बाबरी मस्जिद भत्काइएको थियो।

त्यसयता बाबरी मस्जिद र राम मन्दिर बनाउने विषयले विवाद उत्पन्न भएको थियो। लामो समय मुद्दा चलेको थियो। तर, गत वर्ष भारतको सर्वोच्च अदालतले राम मन्दिरका पक्षमा फैसला गरेको थियो।

 

प्रकाशित मिति: १०:५८ बजे, आइतबार, साउन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्