Kathmandu Press

कोरोनाबाट विदेशमा रहेका एक सय ६० नेपालीको मृत्यु

काठमाडौं, साउन ४ : कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म विदेशमा रहेका एक सय ६० नेपालीको ज्यान गएको छ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोर....

कोरोनाबाट विदेशमा रहेका एक सय ६० नेपालीको मृत्यु

काठमाडौं, साउन ४ : कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म विदेशमा रहेका एक सय ६० नेपालीको ज्यान गएको छ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाले विदेशमा रहेका नेपाली पनि प्रभावित भएका छन्। कोरोनाका कारण आइतबारसम्म एक सय ६० नेपालीले विदेशमा ज्यान गुमाएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ।

एनआरएनएका अनुसार गत सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको छ। संसारका १४ मुलुकमा नेपालीले कोरोनाबाट ज्यान गुमाएका छन्।

अहिलेसम्म संक्रमितमध्ये ९३ प्रतिशत निको भएका छन्। संसारभर ३० हजारभन्दा बढी नेपाली संक्रमित भएको जनाएको छ। जसमध्ये २८ हजार ६ सय ८१ निको भएका छन्।

प्रकाशित मिति: १०:१० बजे, आइतबार, साउन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्