Kathmandu Press

ट्र्याक्टर दुर्घटना मृत्यु भएका सातै मजदुरको सनाखत (अपडेट)

प्युठान, साउन ४ : प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका सातै जना मजदुरको सनाखत भएको छ।

स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएर....

ट्र्याक्टर दुर्घटना मृत्यु भएका सातै मजदुरको सनाखत (अपडेट)

प्युठान, साउन ४ : प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका सातै जना मजदुरको सनाखत भएको छ।

स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु २ च ४२३४ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो। स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ट्रयाक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए।

दुर्घटनामा रोल्पाको रुम्टगढी गाउँपालिका ५ का २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठा मगर, १९ वर्षीय थमन बाठा मगर, उमेर नखुलेका गोर्बधन बुढामर र रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक २५ वर्षीय कमल कुँवरको मृत्यु भएको प्रहरी निरीक्षक पौडेलले बताए।

ट्र्याक्टरमा आठ जना रहेका थिए। एक जना रोल्पाकै विशाल थापा हाम फालेर जोगिएका छन्।

ट्र्याक्टर सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको छ। उनीहरुको शव ल्याउने कार्य भइरहेको जनाएको छ।

प्रकाशित मिति: ०९:५७ बजे, आइतबार, साउन ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्