Kathmandu Press

प्युठानमा ट्र्याक्टर दुर्घटना, सात जनाको मृत्यु 

काठमाडौं, साउन ४ : प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ ।

स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२....

प्युठानमा ट्र्याक्टर दुर्घटना, सात जनाको मृत्यु 

काठमाडौं, साउन ४ : प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ ।

स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको हो । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

पौडेलका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छैन । ट्र्याक्टरमा आठ सवारमध्ये एक जना भने वाच्न सफल भएका छन् । ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ ।

वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।  घटनाको विस्तृत जानकारी आउन बाँकी छ । 

प्रकाशित मिति: ०८:०३ बजे, आइतबार, साउन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्