Kathmandu Press

भारतमा एकैदिन ३७ हजार कोरोना संक्रमित 

काठमाडौं, साउन ४ : भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा आइतबार यो समाचार तयार पार्दा....

भारतमा एकैदिन ३७ हजार कोरोना संक्रमित 

काठमाडौं, साउन ४ : भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ३७ हजार ४०७ जना संक्रमित थपिएका हुन् ।

 भारतमा कुल संक्रमितको संख्या १० लाख ७७ हजार ८६४ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । अहिलेसम्म संक्रमितमध्ये ६ लाख ७७ हजार ६३० जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ७३ हजार ४०६ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ५४३ जनाको मृत्यु भएपछि आइतबार बिहानसम्म ज्यान गुमाउनेको २६ हजार ८२८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति: ०७:०९ बजे, आइतबार, साउन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्