कसरी बन्यो रियल मड्रिड च्याम्पियन? यी हुन् ६ कारण
काठमाडौं, साउन ३ : रियल मड्रिडले एक खेल खेल्नुअघि नै बिहीबार राति ३४ औं पटक ला लिगाको उपाधि जित्यो।
भिल्लारियललाई २–१....

काठमाडौं, साउन ३ : रियल मड्रिडले एक खेल खेल्नुअघि नै बिहीबार राति ३४ औं पटक ला लिगाको उपाधि जित्यो।
भिल्लारियललाई २–१ ले पराजित गर्दै एक खेलअघि नै बार्सिलोनालाई पछि पार्दै रियल च्याम्पियन बनेको हो। दोस्रो स्थानमा रहेको बार्सिलोना ओसासुनासँग २–१ पराजित भएपछि रियलले एक खेल खेल्नु अघि नै ७ अंकको अग्रतासहित तीन वर्षपछि रियलले ला लिगाको च्याम्पियन बन्यो।
सेभियासँग गोलरहित बराबरीमा रोकिएपछि बार्सिलोनाका प्रशिक्षक क्वेक सेटिनले भनेका थिए, ‘म विश्वस्त छु, रियलले बाँकी सबै खेल जित्दैन।’ सेटिनको भनाइलाई गलत सावित गर्दै त्यसपछिका लगातार सात खेल जित्दै रियल लिग च्याम्पियन नै बन्यो।

कोरोना भाइरसका कारण रोकिएको लिग पुनः सुरु भएपछि रियल मड्रिडले लिगमा शतप्रतिशत जित निकाल्यो। जसमा रियलले १० खेलमा १९ गोल गर्दा ४ गोल मात्र खाएको छ। रियलले लेगानेससँग खेल्दै लिगको अन्त्य गर्नेछ। रियलको च्याम्पियन यात्रामा थुप्रै कारणहरू छन्, तीमध्ये प्रमुख ६ कारणबारे चर्चा गरिएको छ।
बलमा पृथक पकड
पछिल्लो केही साता रियलको ‘फर्म’लाई लिएर धेरै चर्चा र बसह भएको छ। त्यो किनभने रियल लगातार तीन खेल पेनाल्टी गोलमा जितेको थियो। कतिपयको धारणा रियलले खेल त जितेको छ तर राम्रो फुटबल खेल्न सकिरहेको छैनन भन्ने थियो। रियलले पछिल्ला तीन खेल स्पानियोल, गेटाफे र एथ्लेटिक बिल्बाओविरुद्ध खेलमा भारले निर्णायक भूमिका खेलेको थियो। त्यही तीन खेलमा हात पारेको जितले रियललाई च्याम्पियन बनाउन थप सहयोग गर्यो।
कोरोना महामारीपछि सुरु भएको लिगमा रियलले प्रतिखेल १.९ का दरले गोल गरेको छ भने प्रतिखेल ०.४ का दरले गोल खाएको छ। रियलले प्रतिखेल १५.९ सट प्रहार गर्दा ३.५ सट अन टार्गेटमा हुन्छ। रियलले प्रतिखेल एभरेजमा ६०.७ प्रतिशत बल पोजेसन बनाएको छ। यी तथ्यांकले पनि रियलले राम्रो फुटबल खेलेको देखाउँछ।
जिदानको रणनीति र मजबुद टिम
रियलको च्याम्पियन यात्रामा प्रशिक्षक जिदानले निकै चतुर्याइँका साथ खेल र खेलाडी परिवर्तन गरे। जिदानले रियललाई आफ्नो परम्परागत शैली ४–३–३ को फर्मेसनमात्र खेलाएनन्, विपक्षी अनुसार टिम परिवर्तन गरे र सोहीअनुसार प्लेइङ सेट पनि। त्यसको उदाहरण भ्यालेन्सिया र रियल मार्लोकाविरुद्धको खेललाई लिन सकिन्छ।
भ्यालेन्सियाविरुद्धको खेलमा इडेन हाजार्ड र करिम बेन्जिमालाई अट्याकिङको जिम्मा दिँदै जिदानले रियललाई ४–४–२ को फर्मेसनमा उतारे। यस्तै, मालोर्काविरुद्ध उनले ‘अल्ट्रा अट्याकिङ स्टाइल’ ४–२–३–१ मा टिमलाई उतारेका थिए। फर्मेसनमा जिदानले ग्यारेथ बेल, हाजार्ड, भिनिसियस जुनियर र बेन्जिमालाई एक साथ खेलाएका थिए।
यस्तै, जिदानले ग्रानडाविरुद्ध पाँच मिडफिल्डरलाई खेलाए। त्यो खेलमा उनले स्पेनिस सुपरकप जित्दाकै टिम कासिमिरो, टोनी क्रुस, लुका मोड्रिच, इस्को र फेडेरिक भालभार्डेलाई खेलाएका थिए। खेलको बीचमा खेलाडी परिवर्तनमा पनि जिदान लचिलो भए। यसले व्यस्त तालिकामा खेलाडीलाई रिफ्रेस प्रदान गर्यो।
रियलको बेन्च पनि बलियो थियो, त्यसले च्याम्यिन बनाउन ठूलो सहयोग ग¥यो। भिनिसियस, रोड्रिगो, असेन्सियो, इडर मिलिटाओले पनि पछिल्ला १० खेलमा जित दिलाउन बेन्चमा महत्वपूर्ण भूमिका खेले।
२१ खेलाडीको गोल
यो सिजन ला लिगामा रियलका २१ खेलाडीले गोल गरे। यो रियल च्याम्पियन बन्नुको एउटा कारण थियो। स्ट्राइकर नचल्दा मिडफिल्डर र डिफेन्डरले गोल गर्दै टिमलाई जित दिलाए। यो सिजन रियलको प्लेइङ सेटमा रहेका ब्राहिम डियाज, मिलिटाओ र अल्भारो अड्रिजोलाले मात्र गोल गरेनन्।
पिचिची अवार्डको होडमा हरेका बेन्जिमाले सर्वाधिक २१ गोल गर्दा सर्जियो रामोसले १० गोल गरेका छन्। यस्तै, टोनी क्रुस र कासिमिरोले ४ गोल गर्दा मोड्रिचले समान ३ गोल गरेका छन्। भालभार्डेले २ तथा जेम्स रोड्रिग्वेज, इस्को, मार्सेलो र फेरालेन्ड मेन्डीले समान १ गोल गरेका छन्।
रियलका लागि यो सिजन १५ गोल मिडिफिल्डरले गरेका छन्, त्यसमा मोड्रिचको भूमिका अहम् छ। उनले अट्याकिङ र डिफेन्सिफ दुवैमा सिजनभर उत्कृष्ट खेले। उनी प्रशिक्षक जिदानले सबैभन्दा बढी प्रयोग गर्ने खेलाडीमध्ये एक हुन्।
सेतो पर्खाल
क्रिष्टियानो रोनाल्डो इटाली गएपछि रियलले गोल मेसिन गुमायो। सोही कारण जिदानले बलियो डिफेन्स तयार गरे। थिवाउट कोर्टुवाले रियलमा पहिलो सिजन राम्रो प्रभाव जमाउन सकेनन्। उनले केलर नाभासको छाँयामा खेल्नु पर्यो। उनले यो सिजनको सुरुवात पनि ठीकै मात्र थियो। तर, पछि उनले आफ्नो प्रदर्शन सुधारे।
लिग जित्ने समयसम्म त उनी सेतो पर्खालका रुपमा रहे। उनले यो सिजन ला लिगाका ३४ खेल खेल्दै १८ क्लिन सिट राखेका छन्। जबकि गत सिजन २७ खेल खेलेका उनले ८ क्लिन सिट राखेका थिए।
रामोस अर्थात डिफेन्सका नेता
रियलका कप्तान सर्जियो रामोस डिफेन्समा मात्रै होइन, अट्याकमा समेत हिरो सावित बने। उनले ला लिगाका ३५ खेलमा १० गोल गरेका छन्। यतिमात्रै होइन १७ क्लिन सिट समेत राखेका छन्। रियलको टोली मजबुद र सन्तुलित हुनुमा रामोसको प्रभाव छ। राफेल भारानसँगको बलियो तालमेलका कारण रियलको डिफेन्स लाइन निकै बलियो बन्न पुगेको छ। रामोसले मालोर्काविरुद्ध सुन्दर फ्रिकिक गोल समेत गरेका थिए।
बेन्जिमा अर्थात गोलका जादु
रियलका लागि आक्रमणका लिडर हुन्, करिम बेन्जिमा। सिजनभर उनी सानदार लयमा रहे, उनको सानदार लयकै कारण रियलको ३४ औं पटक लिग उपाधि सम्भव भएको हो। उनले यो सिजन २१ गोल र ८ असिष्ट गरेका छन्।
जबकि ला लिगाको शीर्ष गोलकर्ताको सूचीमा २३ गोल गरेका बार्सिलोनाका कप्तान लियोनल मेसी पहिलो स्थानमा छन्। रियलमा पेनाल्टी टेकरको जिम्मेवारी कप्तान रामोसले पाएका छन्। तर, बार्सिलोनामा मेसीले पाएका छन्।
ला लिगाको एक खेल बाँकी रहँदा बेन्जिमा र मेसीबीच पीचीची अवार्ड (शीर्ष गोलकर्ता) को दौडमा दुई गोलको मात्रै फरक छ। यदि रियलमा पेनाल्टी टेकरको जिम्मेवारी बेन्जिमाले पाउँथे भने सर्वाधिक गोलकर्ताको अवार्डको पहिलो नम्बरमा मेसी होइन, बेन्जिमा हुने निश्चित थियो।
-एजेन्सीको सहयोगमा




-1792226847.jpeg)






-1792226847.jpeg)