Kathmandu Press

मनसुन सक्रिय, भोलिदेखि भारी वर्षा 

काठमाडौं, साउन ३ : मनसुन सक्रिय हुँदा आजदेखि पानी पर्ने क्रम बढेको छ।

विशेषगरी प्रदेश १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रद....

मनसुन सक्रिय, भोलिदेखि भारी वर्षा 

काठमाडौं, साउन ३ : मनसुन सक्रिय हुँदा आजदेखि पानी पर्ने क्रम बढेको छ।

विशेषगरी प्रदेश १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै र अरु प्रदेशका थोरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार पनि देशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि शुक्रबारसम्म नै मनसुन सक्रिय हुने र बाढी पहिरोको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरिसकेको छ ।

भोलि बेलुकीदेखि मनसुन सक्रिय हुन लागेकाले देशभरी नै झरी पर्ने र थोरै ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै आवश्यक पूर्वतयारी र विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश  तथा प्रदेश ५ का केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै ठाउँमा ठूलो र एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना छ ।

विशेषगरी भोलि बेलुकीदेखि आउँदो बुधबारसम्म मनसुन निकै सक्रिय हुने देखिएको महाशाखाले जनाएको छ । सकै प्रभावले सोमबारदेखि बुधबारसम्म प्रदेश ५ को तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदी, कर्णाली प्रदेशको भेरी, पश्चिम सेती र यसका सहायक नदीमा बाढी आउने सम्भावना देखिएकाले सर्तक रहन भनिएको छ । 

प्रकाशित मिति: ०८:२९ बजे, शनिबार, साउन ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्