कर्णाली प्रदेशका थप सात जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन २ : कर्णाली प्रदेशमा शुक्रबार कोरोनाका सात जना संक्रमित थपिएका छन्।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प....

काठमाडौं, साउन २ : कर्णाली प्रदेशमा शुक्रबार कोरोनाका सात जना संक्रमित थपिएका छन्।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणमा गत २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका अनुसार संक्रमितमध्ये दैलेखका पाँच, सल्यानका एक र रुकुम पश्चिमका एका जना रहेका छन्।
यससँगै कणार्ली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७३३ पुगेको छ।
त्यस्तै गत २४ घण्टामा कर्णाली प्रदेशबाट पाँचजना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्।
यससँगै कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ४९३ पुगेको छ।











