विभिन्न माग राख्दै टेलिकमका कर्मचारीले कार्यकारी निर्देशकको कार्यकक्ष घेराउ गर्ने
काठमाडौं, साउन २ : नेपाल टेलिकमका कर्मचारी संगठनहरुले एकपछि अर्को निर्णयबाट संस्थालाई धराशायी बनाउँदै गएको भन्दै तत्काल सुधारकाे माग गर्दै आ....

काठमाडौं, साउन २ : नेपाल टेलिकमका कर्मचारी संगठनहरुले एकपछि अर्को निर्णयबाट संस्थालाई धराशायी बनाउँदै गएको भन्दै तत्काल सुधारकाे माग गर्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन्।
शुक्रबार टेलिकमको केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा टेलिकमका तीनवटा क्रियाशिल कर्मचारी संगठनहरुले कार्यकारी निर्देशकको कार्यकक्ष घेराउनको घोषणा गरेका हुन्। ‘संस्थाको व्यवस्थानले एकपछि अर्को निर्णयबाट टेलिकमलाई आर्थिक रुपमा धराशायी बनाउँदै गएको र आफ्नो लक्ष्य अनुसार काम गर्न नसकेकाले चरणबद्ध आन्दोलनमा जाने निर्णय गरेका हांै’, नेपाल टेलिकम वर्कर्स युनियनका महासचिव महेश्वर खड्काले भने, ‘बजारमा ५२ प्रतिशत हिस्सा रहेको संस्था पछिल्लो समय कमजोर हुँदै गएकाले टेलिकमको सुधारको माग राख्दै पहिलो चरणमा घेराउ गर्ने कार्यक्रम ल्याएका हौं।’
नेपाल दूरसञ्चार, राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वर्कर्स युनियन र नेपाल टेलिकम कर्मचारी युनियनमा आवद्ध कर्मचारीहरुले संयुक्त रुपमा उक्त आन्दोलनमा समर्थन जनाएका छन्।
कर्मचारी संगठनले टेलिकमले विभिन्न नयाँ आयोजना कार्यान्वयमा भइरहेको ढिलाई, आम्दानीमा दिनानुदिन हुँदै गएको गिरावट, नयाँ प्रविधि अनुसार आफुलाई अपडेट गर्न नसकेकोलगायतका व्यवस्थापकीय कमजोरी नेतृत्वमा देखिएको आरोप लगाएको छ।
कर्मचारीहरुले आइतबारदेखि एक साता कार्यकारी निर्देशकको कार्यकक्ष घेराउ गर्ने घोषणा गरेका छन्। जस अनुसार साउन ४ गते बिहान १० देखि १ बजेसम्म, साउन ५ गते १० दखि २ बजेसम्म, साउन ६ गते १० देखि ३ बजेसम्म, साउन ७ गते १० देखि ४ बजेसम्म र साउन ८ गते १० देखि ५ बजेसम्म कार्यकारी निर्देशको कार्यकक्ष घेराउ गर्ने कार्यक्रम बनाएका छन्।











