काठमाडौंको ब्यूटीपार्लर व्यवसायीमा कोरोना संक्रमण
काठमाडौं, साउन २ : काठमाडौंको एक व्युटीपार्लर व्यवसायमा संलग्न व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्....

काठमाडौं, साउन २ : काठमाडौंको एक व्युटीपार्लर व्यवसायमा संलग्न व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमका अनुसार शक्रबार संक्रमण पुष्टि भएका उपत्यकाका तीन मध्ये एक जना व्युटीपार्लर व्यवसायी रहेका छन्। बाँकी दुई जना भने विदेशबाट आएका मानिस रहेको उनले बताए।
उपत्यकाको समुदायस्तरमा कोरोना भाइरस फैलिएको हुनसक्ने भन्दै बढी भिडभाड हुने स्थानका चार हजार ८०० जनाको परीक्षण गरिएको थियो। जसमा तीन जनामा संक्रमण पुष्टि भएको हो। मानिसहरुको बढी भीडभाड हुने स्थान र बैंक, अस्पताल, मालपोत, कर कार्यालय लगायतका स्थानबाट स्वाब संकलन गरिएको थियो।
कोरोना संक्रमितको संख्या घट्दै गएपनि काठमाडौंलागायत विभिन्न ठूला सहरमा संक्रमणको जोखिम बढ्दै गएको डा गौतमले बताए।




-1792226847.jpeg)






-1792226847.jpeg)