Kathmandu Press

प्रधानमन्त्रीबारे अफवाह फैलाउने ४ भारतीय न्यूज च्यानल प्रसारणमा रोक

काठमाडौं, साउन २ : डिजिटल टिभी अपरेटर असोसिएसन नेपालले भारतका ४ न्युज च्यानललाई नेपालमा प्रसारण गर्न रोक लगाएको छ। एबिपि, आजतक, जी न्युज र इन्डिया टिभ....

प्रधानमन्त्रीबारे अफवाह फैलाउने ४ भारतीय न्यूज च्यानल प्रसारणमा रोक

काठमाडौं, साउन २ : डिजिटल टिभी अपरेटर असोसिएसन नेपालले भारतका ४ न्युज च्यानललाई नेपालमा प्रसारण गर्न रोक लगाएको छ। एबिपि, आजतक, जी न्युज र इन्डिया टिभी च्यानल प्रसारणमा रोक लगाएको हो। 

काठमाडौंमा आयोजित एक कार्यक्रममा डिस होमका अध्यक्ष सुदिप आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रामक समाचार प्रसारण गरेकाले ती च्यालन प्रसारणमा रोक लगाएको बताए। ‘ग्राहकहरुबाट भारतीय मिडियाहरुले गरेको यस्ता कार्यहरु प्रति गुनासो आएको कारण एबिपि, आजतक, जी न्युज र इन्डिया टिभीको प्रसारण गरिएको हो,’ उनले भने।

असोसिएसनलाई छिट्टै मल्टि सर्भिस अपरेटरको रुपमा विकसित गर्ने आचार्यले बताए।

प्रकाशित मिति: १७:१० बजे, शुक्रबार, साउन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्