Kathmandu Press

अब जुनसुकै एटीएमबाट रकम निकाल्दा पैसा नलाग्ने 

काठमाडौं, साउन २ : अब जुनसुकै बैंकको एटीएबाट पैसा निकाल्दा शुल्क नालाग्ने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रीक नीतिमार्फत जुनसुकै बैंकबाट पैसा निकाल्द....

अब जुनसुकै एटीएमबाट रकम निकाल्दा पैसा नलाग्ने 

काठमाडौं, साउन २ : अब जुनसुकै बैंकको एटीएबाट पैसा निकाल्दा शुल्क नालाग्ने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रीक नीतिमार्फत जुनसुकै बैंकबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था मिलाएको हो।

यसअघि एक बैंकको एटीएम कार्डबाट अर्को बैंकको एटिमबाट पैसा निकाल्दा शुल्क लाग्ने गरेको थियो। तर, कोरोना भाइरसका कारण बैंकहरुले जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलिने व्यवस्था गरेका थिए।  

यद्यपि, साउन १ गतेबाट बैंकहरुले एक अर्काको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने बनाएका थिए। तर, राष्ट्र बैंकले मौद्रीक नीतिमार्फत सधैँका लागि एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको हो।

प्रकाशित मिति: १५:५४ बजे, शुक्रबार, साउन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्