लमजुङका थप २२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन २ : लमजुङका थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा थप २२ जनामा संक्रमण प....

काठमाडौं, साउन २ : लमजुङका थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा थप २२ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमित मध्ये २ महिला र २० पुरुष रहेका छन्।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मस्र्याङ्दीका ६ पुरुष, दोर्दीका ४ पुरुष, राइनसका ६ पुरुष र २ महिला, दुधपोखरीका एक पुरुष, बेशिसहरका २ पुरुष र क्वालासोथारका एक पुरुष रहेका छन्।
संक्रमित सबैलाई जिल्लामै रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्तमितको संख्या १२ सय ७८ पुगेको छ।
प्रकाशित मिति: १४:३३ बजे, शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1792226847.jpeg)






-1792226847.jpeg)